स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट « Khabarhub

स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– सयौं स्वतन्त्रता दिवस मनाउँदै गर्दा अफगानिस्तानको जलालावाद शहरमा श्रृङ्खलाबद्ध शक्तिशाली विष्फोट भएको छ । जलालावाद शहरका विभिन्न क्षेत्रमा भएका १० श्रृङ्खलाबद्ध बम आक्रमणमा कम्तीमा ३४ जना घाइते भएको अधिकारीले जनाएका छन् ।

जलालावाद शहरमा आयोजित स्वतन्त्रता दिवसको कार्यक्रमलाई लक्षित गरी श्रृङ्खलाबद्ध बम आक्रमण भएको जनाइएको छ । जलालावाद क्षेत्रमा लडाकु समूहहरु तालिबान र इस्लामिक स्टेट धेरै नै सक्रिय रहेपनि आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । यसअघि शनिबार अबेर राजधानी काबुलमा ६३ जनाको ज्यान जानेगरी एक विवाह समारोहमा भएको बम आक्रमणको जिम्मा आतंकवादी संगठनले लिएको छ ।

अफगान राष्ट्रपति अशरफ घानीले स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै आतंककारीको गुँडलाई नष्ट पार्ने अभियान जारी रहेको जनाएका छन् । उनले अफगानिस्तानमा इस्लामिक स्टेटविरुद्धको कारवाहीलाई पनि निरन्तरता दिइने जनाएका छन् । यद्यपि घानीले पछिल्लो समय अमेरिका र तालिबानबीच भइरहेको शान्ति वार्ताबारे भने केही टिप्पणी गरेका छैनन् ।

अर्कोतर्फ तालिबानले स्वतन्त्रता दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै सबै विदेशी फौजले अफगानिस्तान छाड्नुपर्नेमा जोड दिएको छ । यसअघि बेलायत र सोभियत संघका सेनाले पनि अफगानिस्तानमा हार खाएर फर्किनु परेको भन्दै तालिबानले ढिलोचाँडो अफगानिस्तानमा सक्रिय अन्तर्राष्ट्रिय फौजले पनि अफगानिस्तान छाड्ने तालिबानको टिप्पणी छ ।

कुनै पनि हिसाबमा बेलायती साम्राज्यको हिस्सा नभएपनि अफगानिस्तानले सन् १९१९ अगष्ट १९ का दिन पूर्ण स्वतन्त्रता पाएको अवसरमा हरेक वर्ष अगष्ट १९ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ३५ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र