चिया के हो ? यी हुन् चिया पिउनुका फाइदा | Khabarhub Khabarhub

चिया के हो ? यी हुन् चिया पिउनुका फाइदा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैज्ञानिक भाषा अनुसार क्यामेलिया साइनेन्सिस प्रजातीको बोटका प्रशोधित पातहरु दुध वा तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ नै चिया हो ।

चिया विश्वमा पानीपछि दोश्रो धेरै पिइने तरल पर्दाथ हो । प्रायजसो नेपालीले हरेक मौसममा चिया पिउने गर्दछन् । नेपालीहरुका लागि चिया दैनिक जीवनशैली जत्तिकै बनेको छ ।

चिनिया“, आसामी र क्याम्बोड गरी तीन जातमा चियाको बोटलाई वर्गिकरण गरिएको छ । तयारी चियाका पनि तीन प्रकार हुन्छन्- कालो चिया, हरियो चिया, ओलाङ्ग चिया । कालो चियालाई अर्थोडक्स अर्थात पत्ति चिया रीटीसी अर्थात धुलो तथा दानादर चिया गरी दुई किसिममा विभाजित गरिएको छ ।

नेपालमा सीटीसी चियाको उत्पादन झापा जिल्ला हुने गर्दछ भने इलामको पशुपतिनगर ग्रीन टीको उत्पाउन हुन्छ । अधिकांश मानिसको सोचमा चिया पिउनाले स्वास्थ्यमा खराबी गर्छ भन्ने मान्यता बसेको छ तर सीमित मात्रामा चिया पिउदा यसले स्वास्थ्यमा हानी होइन लाभ पु¥याउँछ ।

चिया पिउनेको फाइदा यस्ता छन्-

  • चियाले शरीरको आलस्यता भगाई मानिसलाई स्फूर्त राख्दछ ।
  • अत्यधिक निन्द्रा लाग्ने मानिसले चिया पिउँदा निन्द्रा भगाउन मद्दत गर्छ ।
  • तलतल लाग्ने तथा भोक लागेमा समेत चिया उपयोगी हुन्छ ।
  • क्याफिनेटेड तातो चियाले शरीरमा ग्लुकोमाको जोखिम कम गर्न मद्दत गर्छ ।
  • कालो रंगको चियाले उच्च रक्तचाप कम गरी सामान्य अवस्थामा फर्काउँछ ।
  • नियमित ग्रीन टी पिउनाले मोटोपना कम भई क्यान्सरसंग लड्ने शरीरको क्षमतामा वृद्धि हुन्छ ।
  • क्याफिन नभएको हर्बल चिया पिउनाले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।
  • दूधको चिया पिउनाले मानसिक तनाव कम गरी मानिसलाई थकान कम गर्छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ११ : ०३ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार