चिया के हो ? यी हुन् चिया पिउनुका फाइदा « Khabarhub

चिया के हो ? यी हुन् चिया पिउनुका फाइदा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वैज्ञानिक भाषा अनुसार क्यामेलिया साइनेन्सिस प्रजातीको बोटका प्रशोधित पातहरु दुध वा तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ नै चिया हो ।

चिया विश्वमा पानीपछि दोश्रो धेरै पिइने तरल पर्दाथ हो । प्रायजसो नेपालीले हरेक मौसममा चिया पिउने गर्दछन् । नेपालीहरुका लागि चिया दैनिक जीवनशैली जत्तिकै बनेको छ ।

चिनिया“, आसामी र क्याम्बोड गरी तीन जातमा चियाको बोटलाई वर्गिकरण गरिएको छ । तयारी चियाका पनि तीन प्रकार हुन्छन्- कालो चिया, हरियो चिया, ओलाङ्ग चिया । कालो चियालाई अर्थोडक्स अर्थात पत्ति चिया रीटीसी अर्थात धुलो तथा दानादर चिया गरी दुई किसिममा विभाजित गरिएको छ ।

नेपालमा सीटीसी चियाको उत्पादन झापा जिल्ला हुने गर्दछ भने इलामको पशुपतिनगर ग्रीन टीको उत्पाउन हुन्छ । अधिकांश मानिसको सोचमा चिया पिउनाले स्वास्थ्यमा खराबी गर्छ भन्ने मान्यता बसेको छ तर सीमित मात्रामा चिया पिउदा यसले स्वास्थ्यमा हानी होइन लाभ पु¥याउँछ ।

चिया पिउनेको फाइदा यस्ता छन्-

  • चियाले शरीरको आलस्यता भगाई मानिसलाई स्फूर्त राख्दछ ।
  • अत्यधिक निन्द्रा लाग्ने मानिसले चिया पिउँदा निन्द्रा भगाउन मद्दत गर्छ ।
  • तलतल लाग्ने तथा भोक लागेमा समेत चिया उपयोगी हुन्छ ।
  • क्याफिनेटेड तातो चियाले शरीरमा ग्लुकोमाको जोखिम कम गर्न मद्दत गर्छ ।
  • कालो रंगको चियाले उच्च रक्तचाप कम गरी सामान्य अवस्थामा फर्काउँछ ।
  • नियमित ग्रीन टी पिउनाले मोटोपना कम भई क्यान्सरसंग लड्ने शरीरको क्षमतामा वृद्धि हुन्छ ।
  • क्याफिन नभएको हर्बल चिया पिउनाले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।
  • दूधको चिया पिउनाले मानसिक तनाव कम गरी मानिसलाई थकान कम गर्छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ११ : ०३ बजे

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन