भाइरल ज्वरोले शिक्षक–विद्यार्थी नै थला परेपछि विद्यालय बन्द « Khabarhub

भाइरल ज्वरोले शिक्षक–विद्यार्थी नै थला परेपछि विद्यालय बन्द


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– भाइरलका ज्वरोका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ ।

तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ ।

तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचारमा समस्या भएको प्रधानाध्यापक कमल बोहाराले बताए ।

यता नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले तुरुन्तै स्वास्थ्यकर्मी परिचालन गरिने बताए । गाउँमा सबै बिरामी भएका कारण उपचारमा लैजानुपर्ने विद्यार्थी लैजान नसकिएको स्थानीयवासी कर्णबहादुर पुनको भनाइ छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ११ : ४१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको