इजिप्टमा मनाइयो नेपालको राष्ट्रिय दिवस « Khabarhub

इजिप्टमा मनाइयो नेपालको राष्ट्रिय दिवस


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजिप्टको कायरोस्थित नेपाली दूतावासले असोज १ गते नै राष्ट्रिय दिवस मनाएको छ । नयाँ संविधान जारी भएको अवसरमा सरकारले हरेक वर्षको असोज ३ गतेलाई ‘राष्ट्रिय दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो ।

कायरोस्थित दूतावासले पनि संविधान जारी भएको अवसरमा राष्ट्रिय दिवस मनाएको हो ।

नेपाली दूतावासले आयोजना गरेको राष्ट्रिय दिवसको विशेष समारोहमा इजिप्टका सहायक विदेशमन्त्री हानी सलिम प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा इजिप्ट सरकारका उच्च पदस्थत पदाधिकारी, इजिप्टका लागि नेपाली राजदूत, कायरोस्थित नेपाली दूतावासका अधिकारी र विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालको राष्ट्रिय दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीले इजिप्टस्थित नेपाली दूतावासमा आफ्ना प्रतिनिधि पठाएर विशेष शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति अल–सिसीले नेपालको राष्ट्रिय दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेपाली जनतालाई शुभकामना व्यक्त गरे ।

राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्यालले नेपालको संविधानका विशेषताहरुबारे चर्चा गरे । राजदूत अर्यालले नेपालमा लगानीको संभावना, नेपाल भ्रमण वर्ष २०२० लगायत विषयमा पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १२ : ०६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु