इजिप्टमा मनाइयो नेपालको राष्ट्रिय दिवस « Khabarhub

इजिप्टमा मनाइयो नेपालको राष्ट्रिय दिवस


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजिप्टको कायरोस्थित नेपाली दूतावासले असोज १ गते नै राष्ट्रिय दिवस मनाएको छ । नयाँ संविधान जारी भएको अवसरमा सरकारले हरेक वर्षको असोज ३ गतेलाई ‘राष्ट्रिय दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो ।

कायरोस्थित दूतावासले पनि संविधान जारी भएको अवसरमा राष्ट्रिय दिवस मनाएको हो ।

नेपाली दूतावासले आयोजना गरेको राष्ट्रिय दिवसको विशेष समारोहमा इजिप्टका सहायक विदेशमन्त्री हानी सलिम प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा इजिप्ट सरकारका उच्च पदस्थत पदाधिकारी, इजिप्टका लागि नेपाली राजदूत, कायरोस्थित नेपाली दूतावासका अधिकारी र विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालको राष्ट्रिय दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीले इजिप्टस्थित नेपाली दूतावासमा आफ्ना प्रतिनिधि पठाएर विशेष शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति अल–सिसीले नेपालको राष्ट्रिय दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेपाली जनतालाई शुभकामना व्यक्त गरे ।

राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्यालले नेपालको संविधानका विशेषताहरुबारे चर्चा गरे । राजदूत अर्यालले नेपालमा लगानीको संभावना, नेपाल भ्रमण वर्ष २०२० लगायत विषयमा पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १२ : ०६ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई