अर्थतन्त्रको बुझाई त्यति सजिलो छैन-डा. खतिवडा « Khabarhub

अर्थतन्त्रको बुझाई त्यति सजिलो छैन-डा. खतिवडा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री डा.युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ पनि संचार माध्यामहरुलाई सचेत गराए ।

आफूले नीति, निर्माणको तहमा २५/३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन ? भन्ने अझै बुझ्न नसकेको भन्दै मन्त्री खतिवडाले अर्थतन्त्रबारे नबुझिकन हल्का टिप्पणी गर्न नमिल्ने तर्क गरे ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ ? भनेर एकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।

मन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको बताए ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढदै गईरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने/नहुने बहसको विषय भएको पनि बताए । उनले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : २५ बजे

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको

ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष