प्रियंका चोपडाले बताइन् आफ्नो भविष्यको योजना, आमा बन्नेबारे गरिन् यस्तो खुलासा « Khabarhub

प्रियंका चोपडाले बताइन् आफ्नो भविष्यको योजना, आमा बन्नेबारे गरिन् यस्तो खुलासा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता निक जोनस लोकप्रिय जोडीमध्ये एक हुन् । यी दुई सामाजिक सञ्जालमा छाइरहन्छन् । निक जोनससँग बिहे गरेकी प्रियंकाको केही समयअघि डिभोर्स हुने हल्ला पनि चलेको थियो । हल्ला जे चले पनि यो जोडी खुशी छ ।

प्रियंकाले एक अन्तर्वार्ताका क्रममा आफ्नो फ्युचर प्लानबारे बताएकी छिन् । प्रियंकाको भविष्यको योजना घरमै बस्नु र बच्चा पाउनु हो । प्रियंकाले अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेकी हुन् ।

प्रियंकाले आफू आमा बन्ने चाहना आफ्नो भविष्यको योजनामा परेको बताएकी छिन् । उनले भनिन्, ‘बा–आमा बन्न हरेकको भविष्यको लक्ष्य हुन्छ, घर किन्नु र आमा बन्नु मेरो लिस्टमा छ ।’

प्रियंकाले खुलासा गर्दै भनिन्, ‘म लस एन्जल्समा लामो समय बस्नका लागि अप्सन देखिरहेकी छु, अहिले चाहिँ मेरो घर मुम्बई र न्यूओर्कमा छ ।’

प्रियंका र निकले अघिल्लो वर्ष बिहे गरेका थिए । प्रियंकालाई छिट्टै नै सोनाली बोसको फिल्म ‘द स्काइ इज पिंक’ मा देखिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ४० बजे

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी

कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री

काठमाडौं – कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी

मोस्का दाजुभाइसँग निरीह भएपछि इटालीसँग नेपालको लज्जास्पद पराजय

काठमाडौं- इटालीसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । आईसीसी टी