सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक प्रतिनिधिसभाबाट स्वीकृत « Khabarhub

सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक प्रतिनिधिसभाबाट स्वीकृत


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाबाट संशोधन सहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको विहिबारको दोश्रो बैठकले सर्वसम्मति स्वीकृत गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र प्रसाद रिजाल र प्रेम सुवालले आर्थिक अनुशासन कायम रहने गरि बलियो कार्यविधि बनाउनुपर्ने सुझाव दिएका थिए ।

प्रत्येक व्यक्तिको भागमा रहेको ऋण घटनाउने, व्यापार घाटा कम गर्ने, भ्रष्टाचार नियन्त्रण लगायत विषय सम्बोधन गर्ने गरि कार्यविधिमा व्यवस्था गर्नुपर्ने धारणा उनीहरुले राखेका थिए ।

छलफलमा सांसदहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै समस्याको एउटै हल आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन मात्रै नभएको भन्दै आर्थिक अनुशासन पालना गराउनका लागि अन्य कानुनहरुको पनि उत्तिकै प्रभावकारी कार्यान्वयन गर्न सके आर्थिक विसंगतिको समाधान गर्न सकिने बताए ।

अर्को बैठक आजै अपरान्ह साढे २ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ३५ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने