नेको इन्सुरेन्सद्वारा बीमा सचेतनाको कार्यक्रम सञ्चालन « Khabarhub

नेको इन्सुरेन्सद्वारा बीमा सचेतनाको कार्यक्रम सञ्चालन


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको निर्जीवन बीमा बजारमा विगत २३ बर्षदेखि सेवा पु¥याउदै आएको नेको इन्सुरेन्स लि. ले बीमा सचेतनाको लागि जनचेतनामुलक कार्यक्रम गरेको छ ।

क्षेत्रपाटी क्षेत्रको नरसिंहचोक, सातघुम्ती, जे.पी. स्कूलरोड आदि स्थानहरुमा घर घरमा गई बीमाको वारेमा जानकारी गराउने कार्य गरेको छ ।

बीमाशुल्क आर्जन गर्ने नाममा विना जानकारी बीमा गराउने र बीमाको महत्व तथा बीमाको रक्षाबरण के हो भन्ने नबुझेका ब्यक्तिहरुको बीमा गर्नु भन्दा बीमा किन आवश्यक छ भन्ने जानकारी गराएर स्वतस्फुर्त रुपमा बीमा गर्ने वातावरण सृजना गर्नको लागि बीमा सचेतना कार्यक्रम संचालन गरिएको हो ।

कम्पनीमा कार्यरत कर्मचारीहरुले बीमाको परिचय आदि उल्लेख भएको जानकारीमूलक पर्चा उक्त एरियाको प्रत्येक घर, पसलमा वितरण गर्दा घरधनी तथा ब्यवसायीहरुले अभिरुची पूर्वक जिज्ञासा राखेका थिए । घरधनी तथा ब्यवसायीहरुको जिज्ञासाको सम्बन्धमा कर्मचारीहरुले प्रष्ट पारेका थिए ।

स्थानीय बासिन्दाहरुले आफ्ना जिज्ञासाको समाधान भए पश्चात बीमाको वारेमा आफूहरुले जानकारी पाएको र बीमा आवश्यक रहेको प्रतिकृया दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ४४ बजे

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र