संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि देशवासीका नाममा सम्वोधन गर्ने « Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि देशवासीका नाममा सम्वोधन गर्ने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

विहीवार(आज) दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको खबरहबलाई जानकारी दिए ।

‘प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ’ अधिकारीले भने,‘भोलि(शुक्रवार) प्रधानमन्त्रीले देशवासीको नाममा संवोधन गर्नुहुनेछ ।’

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भएसँगै आज सदनमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।

गत वैशाख १६ बाट शुरु भएको संसदको चौथो अधिवेशन आज सकिँदैछ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  २ : ०७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : रोचक बन्दै मकवानपुर २ को चुनावी माहौल

बागमती– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति

नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चुनावी जितलाई रूढीवादी एजेन्डामा रूपान्तरण गर्दै ताकाइची

टोकियो– जापानी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो व्यक्तिगत लोकप्रियताबाट प्राप्त चुनावी

प्रतिनिधिसभा निर्वाचन : रुपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

देवदह– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही

लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी चलखेल नेपालमा पनि देखियो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड