बाइसधारा र रत्नपार्क प्रवेश गर्दा आजदेखि शुल्क नलाग्ने « Khabarhub

बाइसधारा र रत्नपार्क प्रवेश गर्दा आजदेखि शुल्क नलाग्ने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि ४ गतेसम्म काठमाडौंका रत्नपार्क र बालाजुस्थित बाइसधारा घुम्न शुल्क तिनु नपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिनु नपर्ने व्यवस्था गरेको हो । महानगरले संविधान दिवसलाई भव्य बनाउन भन्दै पार्कमा समेत प्रवेश शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बालाजुस्थित बाइसधारा र रत्नपार्क प्रवेशमा लिइँदै आइएको प्रवेश शुल्क तीन दिनलाई निःशुल्क गरिएको छ । यी पार्कमा प्रवेश शुल्कबापत २५ रुपैयाँ तिर्नु पर्छ ।

महानगरले पार्क घुम्न आउनेलाई प्रवेश शुल्क निःशुल्क गर्ने निर्देशन दिएपनि यसअघि संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने संविधान दिवसको विदा पार्क घुम्न र डेटिङ जान नभएको बताएका थिए ।

यस्तै संविधान दिवसका दिन टुंडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि पनि महानगरले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने जनाएको छ ।

दिवसको अवसरमा महानगर मातहतका कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली गरिने छ । यस्तै, नागरिकलाई पनि दीपावलीका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ४ : १३ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा