संविधान दिवस सफल पार्न नेकपा उपनेता नेम्वाङको आग्रह « Khabarhub

संविधान दिवस सफल पार्न नेकपा उपनेता नेम्वाङको आग्रह


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधान दिवस सफल पार्न दलहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले प्रतिपक्ष सत्तापक्ष सबै मिलेर एकतावद्ध भएर संविधान कार्यान्वयन गर्ने शिलशिलामा अहिलेको अवस्थासम्म आईपुगेको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड एका हुन् ।

उनले सरकारले प्रतिपक्षी दललाई सम्मान गर्ने र प्रतिपक्षीका कुरालाई धैर्यताका साथ सुन्ने आश्वस्त पारे । विगतमा आफूहरुले प्रतिपक्षी दलको रुपमा भोगेका घटनाहरु अहिले पनि ताजै रहेको भन्दै त्यस्ता घटना आफूहरुले हुन नदिनेमा प्रतिवद्धता जनाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले सरकारले प्रतिपक्षी दलले सदनमा उठाएको आवाजलाई दबाउन खोजेको, सदनबाहिर आक्रमणमा उत्रिएको दाबी गरेका थिए ।

उपनेता नेम्वाङ्गले कानुनी राज्यको अवधारण सहितको समाजवाद उन्मुख बाटोमा सरकार अघि बढेकाले संसद भित्र र बाहिर अभिव्यक्ति दिंदा संविधानका मुल्य र मान्यतामा कतै असर पर्छ कि भनेर सबै सचेत हुनुपर्नेमा जोड दिए ।

संसद कहिलेही अवरुद्ध नहोस् भन्दा भन्दै बेला बेलामा अवरुद्ध भएको उल्लेख गर्दे उनले आगामी अधिवेशनबाट संसद कहिलेही अवरुद्ध नहुने गरी विशेष व्यवस्था गरिने बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ७ : ५५ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र