बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाहि ! « Khabarhub

बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाहि !


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह गरेर छोरीचेली अन्माउदा माइतीपक्ष रुने गर्दछन् । विवाहपछि चेली अन्माउदा कतिपय दाजुभाइ आफ्नो आसु रोक्न सक्दैनन् ।

स्वभाविक पनि हो, बर्षौ आफुले हुर्काएको छोरीचेली पराई घरमा बिदा गर्दा कुन माइतीको आसु रोकिएला र ? तर विश्वमा यस्तो देश पनि छ जहा चेली अन्माउदा रोएको भन्दै माइतीलाई कारबाहि भएको छ ।

रुसको चेचेन्या भन्ने स्थानमा बहिनीलाई अन्माउदा रोएको भन्दै उनका दाजुलाई कारबाहि सहित सजाय दिइएको छ ।

बहिनीको बिवाहमा मन थाम्न नसकेर रुएको अभियोगमा ति बहिनीका दाजुलाई सार्वजनिक रुपमा माफी मगाइ सजाय दिइएको हो ।

एक साता अघि एक भाइरल भिडियोमा बहिनीको बिवाहको अन्तिम समयमा दाजु रोएको देखेपछि माफि मगाइएको थियो । खासमा रुसको चेचेन्यामा विवाहमा रुनु त्यहाको परम्परा विपरित मानिन्छ ।

चेचेन्याका स्थानीय भाइरल भिडियोमा दाजु रोएको देखेपछि त्यस उपर कारबाहिको माग गरेका थिए । उनीहरुको माग पछि त्यस बिषयमा ठूलो विवाद भयो ।

अन्ततः स्थानीय धार्मिक नेताले उनलाई रोएकोमा माफि माग्नु पर्ने आदेश सुनाए । बिहेको बेला रुनु चेचेन्याको परम्पराको विपरीत भएको र ति दाजुले त्यसको उल्लंघन गरेको धार्मिक नेताको ठहर थियो ।

चेचेन्यामा हुने विवाहको अझ रोचक कुरा के छ भने बहिनीको बिहेमा दाजु जान पाउदैनन् । तर यहा त दाजु जाने मात्र होइन वहिनीको विवाहमा गई रोइदिएपछि त यसले चेचेन्याको नियमको घोर उल्लंघन गरेको ठहर भयो ।

फलस्वरुप ती दाजुले रोएकोमा सार्वजनिक माफी मागे । त्यसपछि उक्त घटनाबारे बहस सकिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ११ : २४ बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई