जुकरबर्गको उद्घोष : फेसबुक अब विश्वको पाँचौँ अंग « Khabarhub

जुकरबर्गको उद्घोष : फेसबुक अब विश्वको पाँचौँ अंग


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्गले फेसबुक अब विश्वको पाँचौँ अंगको रुपमा स्थापित भएको उद्घोष गरेका छन् ।

सामाजिक सञ्जालको कारण आज आम सर्वसाधारणको हातमा सत्ता रहेको बताउँदै उनले भनेका छन्, ‘मानिसहरु आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालको माध्यमबाट संसारभर पुर्‍याउन सफल भएका छन् ।’

उनले अब मानिसहरुलाई आफ्नो अभिव्यक्ति व्यक्त गर्नका लागि कुनै दोस्रो प्लेटफर्म अर्थात विकल्प आवश्यक नरहेको बताएका छन् ।

वाशिंगटनस्थित जर्जटाउन युनिभर्सिटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेसबुक जस्तो सामाजिक सञ्जालबाट मानिसहरुले आफ्नो अभिव्यक्ति राख्न सकेको बताए ।

जुकरबर्गले समाजमा हिंसा तथा नकरात्मक असर पार्ने पोस्टहरुलाई फेसबुकले समर्थन नगर्ने पनि स्पष्ट पारे । यसका साथै राजनीतिक उद्देश्यका लागि गरिने विज्ञापनका विषयमा कम्पनीले तथ्यहरुको जाँच नगर्ने तर, नेताहरुको सहयोगका लागि यस्ता गतिविधि नगरिने स्पष्ट पारे ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ४ : ४१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु