विकास निर्माणमा राजनीति गर्न हुँदैन– नेता सिंह « Khabarhub

विकास निर्माणमा राजनीति गर्न हुँदैन– नेता सिंह


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनता र जनप्रतिनिधि मिलेर अगाडि बढेमात्र देशको विकास हुने बताएका छन् ।

टोखा नगरपालिका–११ ले शनिवार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विकास र निर्माणमा राजनीति गर्न नहुने बताए ।

“बहुदलीय व्यवस्थामा विभिन्न राजनीतिक दलले घोषणापत्र बनाएर जनतामाझ जाने र जितेपछि उक्त घोषणापत्रअनुसार काम गर्ने भएकाले जनप्रतिनिधिलाई सहयोग गनुपर्छ, तब विकास हुन्छ”, उनले भने ।

प्रदेश ३ का प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौलाले राजनीतिकरुपमा विभिन्न पार्टीबीच विभाजन भए पनि धार्मिक पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले विकासको जग खडा गर्दै गएको बताए ।

प्रदेशसभा सदस्य जीवन डङ्गोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले दुई तिहाइ जनमत पाएको सरकारले जनताका पक्षमा काम गर्न नसकेको दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी टोखाका संयोजक दीपक बानियाँ, नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति वसन्त श्रेष्ठ, टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपाललगायतले स्थानीय विकासमा राजनीति गर्न नहुने बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ९ : ४८ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र