जाडोमा कसरी स्वस्थ रहने ? « Khabarhub

जाडोमा कसरी स्वस्थ रहने ?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जतिजति चिसो बढ्दै जान्छ, उतिउति तपाईंको स्वास्थ्य सन्तुलित राख्न कठिन हुँदै जान्छ । जाडोमा स्वस्थ कसरी रहने भन्ने धेरैको चिन्ता हुनसक्छ । जाडोबाट लाग्ने रोगबाट बच्नको लागि केही टिप्स यहाँ प्रस्तुत गरेका छौं-

बाहिरी चिसो वातावरणले गर्दा तपाईंलाई नियमित व्यायामको तालिका अनुसरण गर्न पनि चुनौती हुन्छ । त्यसैगरी घरमै बसिरहन मन लाग्छ र भोक पनि बढी लाग्छ । यस्तोमा स्वस्थ कसरी रहने त ?

उपाय
१) फ्लुबाट बच्नुहोस

जाडोमा स्वस्थ रहने उत्तम उपाय फ्लुबाट बच्ने तरिका अपनाउनुहोस् र रोग लागिहालेमा सावधानी अपनाउनुहोस् ।
– हात बारम्बार मुख तथा नाकतर्फ गइरहने हुँदा हात धुने कुरामा सचेत रहनुहोस् ।
– संक्रमितको वरिपरि नजानुहोस् ।
– फ्लुले ग्रस्त हुनुहुन्छ भने बाहिर नजानुहोस् ।
– बच्नका लागि भ्याक्सिन लिन सक्नुहुनेछ ।
– भिडभाडमा नजानुहोस् ।

२) प्रशस्त झोलिलो पदार्थ खानुहोस

जाडोमा अधिकांश मानिस पानी पिउन बिर्सन्छन् । जाडोमा दिनभर पानी नपिउने र चिया मात्र पिउँदै हिँड्नुहुन्छ भने झन् जोखिम हुन्छ । त्यसैले प्रशस्त पानी, सुप, हर्बल चिया, अदुवा चिया पिउनुहोस् ।

३) घरभित्रै भए पनि व्यायाम

चिसो बढ्दै छ भनेर नआत्तिनुहो्स । मर्निङवाक जान सकिएन भने पनि घरभित्रै बसेर पनि कम्तीमा आधा घण्टा उफ्रिनुहोस् । टिभी वा मोबाइल हेरेर योग गर्न सक्नुहुन्छ । चिसोबाट बच्न पनि व्यायामको माध्यमबाट शरीरलाई तताउनु जरुरी छ ।

४) बाहिर जाने नै हो भने न्यानो लुगामा ध्यान दिनुहोस् ।

घरभित्रको व्यायामले पुग्दैन, बाहिर जानु नै हुन्छ भने शरीरलाई तात्ने गरी टाउकोसम्मै न्यानो लुगा छान्नुहोस् । जाडोमा न्यानो लुगा नलगाई हिँड्दा हाइपोथर्मिया हुन्छ भने धेरै लुगा लगाउँदा व्यायाम गर्न असहज हुन्छ । त्यसैले बाहिर व्यायाम गर्न जानुहुन्छ भने न्यानो र सहज लुगा रोज्नुहोस् ।

५ छालाको विशेष हेरचाह गर्नुस्

लुगा धेरै लगाउनुपर्ने, हिटरमा बस्नुपर्ने आदि कारणले गर्दा छाला सुक्खा भएर जाडोमा हैरान हुन्छ । छाला सुक्खा हुने र क्य्राक हुनाले छालालार्ई मोइस्चर्ज राख्नु जरुरी छ । छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ । धेरै तातोपानीले ननुहाउने, मनतातो पानीले मात्र नुहाउने गर्नुहोस् । नुहाउनासाथ तेल तथा लोसन लगाउन नबिर्सिनुहोस् ।

६) मौसमी खाना खानुहोस्

– हरिया सागसब्जीसहितको मौसमी भेजिटेबलको सुप खानुहोस् ।
– जाडोमा तातो, कडा खान मनलाग्छ, तर चिल्लो, नुनिलो गुलियो नखानुहोस् ।

७) रिल्याक्स

जति स्ट्रेस लिनुहुन्छ, त्यति नै फ्लु तथा कोल्ड भाइरसले सताउँछ । त्यसैले दिनभर आनन्दित हुनुहोस् । शरीरलाई माया गर्न नबिर्सनुहोस् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्