टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनो बर्खास्त « Khabarhub

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनो बर्खास्त


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटेनहमले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ । प्रिमियर लिग क्लबमा ५ बर्ष बिताएका पोचिटिनालाई टोटेनहमले बर्खास्त गरेको हो ।

नयाँ सिजनमा क्लबको सुरुवात निकै निराशपुर्ण छ । क्लब अहिले तालिकाको १४ औ स्थानमा छ । ४७ बर्षका प्रशिक्षकको विकल्पको रुपमा जोसे माउरिन्होलाई हेरिएको छ ।

क्लबले अघिल्ल्लो सिजनको अन्त्य र नयाँ सिजनको सुरुवात अत्यन्तै निराशाजनक रहेको बताएको छ । पोचिटिनोलाई क्लबले सन् २०१४ मा अनुबन्धन गरेको थियो । उनकै नेतृत्वमा टोटेनहमले अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाईनल खेलेको थियो ।

मड्रिडमा भएको सो खेल टोटेनहमले लिभरपुलसंग गुमाएको थियो । साउथह्याम्टनका पुर्व प्रशिक्षक पोचिटिनाले टोटेनहमलाई लिग कपको फाइनल खेलाउनुका साथै पहिलो सिजनमै तेस्रो बनाएका थिए । त्यस्तै सन् २०१७ को सिजनमा उपविजेता समेत बनाएका थिए ।

तर क्लबको पछिल्लो प्रर्दशन निकै नाजुक थियो । टोेटनहम च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखको हातबाट घरेलु मैदानमा ७–२ ले हारेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : ३१ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६