प्रदर्शनकारीले सिंह नै मैदानमा उतारेपछि प्रहरीकै मच्चियो भागदौड (भिडियो सहित) « Khabarhub

प्रदर्शनकारीले सिंह नै मैदानमा उतारेपछि प्रहरीकै मच्चियो भागदौड (भिडियो सहित)


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुनै पनि ठाउँमा विरोध हुँदा स्थितिलाई साम्य बनाउन प्रहरीले लाठी चार्ज, पानीको फोहोरा, टियर ग्यास प्रहार गर्ने गरेको घटना नौलो होइन ।

यस्ता घटना नेपालमा पनि धेरै पटक भएका छन् । कहिले–काहीँ प्रदर्शनकारीलाई धपाउन प्रहरीले कुकुरको साहारा समेत लिने गरेको पाइन्छ ।

हालै एउटा यस्तो रोचक घटना सार्वजनिक भएको छ जहाँ प्रदर्शनकारीलाई भगाउन प्रहरीलेले कुकुर साहारा लिएको थियो । प्रदर्शनकारी पनि के कम उल्टै प्रहरीलाई भगाउन जंगलको राजा सिंहलाई नै मैदानमा उतारेका थिए ।

सुन्दा अचम्म लाग्ला तर यो वास्तविकता हो । घटना इराकको हो । जब प्रदर्शनकारीले सिंहलाई नै प्रदर्शनमा उतारेपछि तब  अवस्था के भयो होला ?  आफै अनुमान लगाउन सकिन्छ । पक्कै भागदौड मच्चियो, सिंहका अगाडि कुकुरको के काम । कुकुरले पनि ठोक्यो कुलेलाम।

इराकमा पछिल्लो समय भ्रष्टाचार, गरिबी, बेरोजगारीलगायत अन्य थुप्रै मुद्दा उठाएर सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । यस्तो प्रदर्शन भएपछि जनतालाई तर्साउनको लागि प्रहरीले कुकुरको साहारा लिएको थियो । त्यसको बदलामा प्रदर्शनकारी मध्येका एक जनाले आफूले पालेको सिंह नै प्रदर्शनमा ल्याएका थिए ।

प्रदर्शनकारीले सिंह ल्याएपछि आन्दोलन दबाउन परिचालित प्रहरी पछि हटेको थियो । यो घटना सार्वजनिक भएसँगै भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रदर्शनमा सिंह नै उतारिएपछि विश्वको ध्यान इराकतिर केन्द्रित समेत बनेको छ ।

भिडियोमा एक व्यक्ति सिंह लिएर सडकमा आएको देखिन्छ । सिंहलाई सिक्रीले बाँधिएको छ । सिंह देखेपछि प्रहरीहरु यताउता भागेका थिए । त्यसपछि सिंह कराउँछ अनि झन् भागदौड मच्चिन्छ । जसले सिंह लिएर सडकमा आएका थिए ती व्यक्ति सिंहसँगै देखिन्छन् । सिंहको ढाडमा झण्डा ओडाइएको हुन्छ । त्यसपछि सिंह सडकको बीचमा गएर बस्छ र उक्त व्यक्ति पनि नजिकै बस्छन् । त्यहा वरपर रहेका केही प्रहरी उक्त व्यक्ति भएको स्थानमा जान सक्दैनन् ।

अक्टोबर १ यता विरोध प्रदर्शन शुरु भएको थियो । त्यसयता त्यहाँ प्रहरी कारबाहीमा पनि कम्तीमा ३०० जनाको मृत्यु भइसकेको र १० हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाले जनाएका छन् ।

यस्तो छ भिडियो

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ०९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा