नेपाल अमेरिकामा विद्यार्थी पठाउने देशको १२ औं स्थानमा « Khabarhub

नेपाल अमेरिकामा विद्यार्थी पठाउने देशको १२ औं स्थानमा


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको मामिलामा नेपाल १२ औं स्थानमा छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश गरिएको छ । अगस्टदेखि मेसम्मको अवधिलाई अमेरिकामा शैक्षिक वर्षका रुपमा चिनिन्छ ।

यसैगरी अमेरिकामा अध्ययन गर्दै आएका भारतीयको संख्यामा पनि वृद्धि भएको छ । २०१८–१९ मा भारतबाट २ लाखभन्दा बढी विद्यार्थी पढ्नका लागि अमेरिका गएका छन् । गत वर्षको तुलनामा यो संख्या २.९ प्रतिशतले बढी हो । अमेरिकामा अध्ययनरतमध्ये विदेशी विद्यार्थी १८ प्रतिशत छन् ।

अमेरिका पढ्ने विदेशी विद्यार्थीको मामिलामा भारत चीनपछि दोस्रो स्थानमा रहेको छ । अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या साढे ३ लाखभन्दा बढी छ । हालै सार्वजनिक गरिएको एक रिपोर्टले यो खुलासा गरेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ५० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल