चार वर्षमा २४ हजार नौ सय पटक डायलासिस | Khabarhub Khabarhub

चार वर्षमा २४ हजार नौ सय पटक डायलासिस


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले मङ्गलबारबाट चार वर्ष पूरा गरेको छ । विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो ।

केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलासिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२ रहेको छ ।

केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलासिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्कीका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलासिस सेवा लिइरहेका पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार हप्तामा दुईपटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६६ र हप्तामा तीनपटक डायलासिस सेवा लिने मिर्गौलापीडित छ जना छन् ।

केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेका छन् । केन्द्रमा दैनिक २४ देखि २७ मिर्गौलापीडितले डायलासिस सेवा लिइरहेका छन् । मिर्गौलापीडितको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको छ । केन्द्रमा एकैपटक नौ जनाले डायलासिस सेवा लिन सक्छन् ।

भानु नगरपालिका–४ निवासी मुरली रानाभाटले दमौलीमै डायलासिस केन्द्र स्थापना भएपछि सहज भएको बताए। लमजुङका कमानसिंह गुरुङले पनि दमौलीबाट डायलासिस सेवा लिन पाउँदा सजिलो भएको बताए।

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा एक करोड सहयोग गरेका थिए ।

पछि उपकरण थप गर्नका लागि २५ लाख सहयोग गरेका थिए। केन्द्रमा शुरुमा एक करोड २० लाखको लागतमा छ डायलाइसिस उपकरण जडान गरिएका थिए । पछि तीन उपकरण थप गरेपछि केन्द्रमा हाल नौ डायलासिस उपकरण छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : २६ बजे

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र