वर्तमान सरकार कमाउनिस्ट सरकार – डा भट्टराई « Khabarhub

वर्तमान सरकार कमाउनिस्ट सरकार – डा भट्टराई


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान सरकार कम्युनिस्ट नभइ कमाउनिस्टको भएको टिप्पणी गरेका छन् ।

गढीमाई नगरपालिकाको वडा नं.२ का लागि मंसिर १४ गते हुनलागेको उपनिर्वाचनको चुनावी प्रचार प्रसारका क्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा भट्टराईले सरकारलाई विकास निर्माणको जनमत प्राप्त भएको भएपनि कमाउ धन्दामा लागेको आरोप लगाए ।

उनले एमाले तथा माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले नेपालमा रहेको मधेसी जनजाति मुस्लिम तथा आदिवासीहरुलाई पछाडि पारी मात्र पहाडी मुलुकाको विकास र समृद्धि तर्फ लान खोजेको उनको आरोप थियो ।

समाजवादी पार्टीले सबैको हक अधिकार सुनिस्चित गर्ने र समाजमा रहेको बिभेदलाइ समाप्त पारी एक समाजमा एक रुपता बिकास ल्याउने छ उनको भनाइ थियो ।

जितेन्द्र कुमार दासको सहयोगमा

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ५९ बजे

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरू)

लुम्बिनी– पुस महिनाको सुरुवातसँगै चिसो बढेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ– यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन

सोताङमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौं– हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क

विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन

काठमाडौं– कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट

अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी