रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकको मानव अधिकारमा ध्यान दिनुपर्छ–मन्त्री विष्ट « Khabarhub

रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकको मानव अधिकारमा ध्यान दिनुपर्छ–मन्त्री विष्ट


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारदाता देश आप्रवासी श्रमिकको मानवअधिकारका विषयमा गम्भीर हुनुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ)को आयोजनामा बुधबारदेखि शुरु भएको एसिया क्षेत्रिय सम्मेलनको राजधानीमा उदघाटन गर्दै श्रम मन्त्री विष्टले वैदेशिक रोजगारीमा सामेल नागरिकको मानव अधिकारका विषयमा सरकार गम्भीर भएर काम गरिरहेको बताए ।

विश्वका श्रमिक रोजगारदाता कम्पनीबाट समान व्यवहार होस् भने चाहने मन्त्री विष्टको भनाइ थियो ।

आर्थिक उन्नतिको मुख्य पाटो श्रमिक भएको कारण उनीहरुको मानवअधिकार र अन्य विषयमा विश्व समुदाय गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री विष्टले भने, ‘रोजगारीका नाममा भइरहेको मानव तस्करी, महिला बेचबिखन चुनौतीका रुपमा देखा परिरहेका छ । यस्ता विषयमा सबैको सहकार्य जरुरी रहेको छ ।’

श्रमिक समस्या रोजगारीसँग मात्र नजोडीएको आइएलओका नेपाल प्रमुख रिर्चाट होर्वटले बताएका छन् । श्रमिकका हकअधिकारका विषयमा कामदार लिने र दिने देशहरु गम्भीर भएर काम गर्ने पर्ने उनको भनाइ छ ।

एसियाका देशबाट वार्षिक रोजगारीमा १६ करोड ५ लाख नागरिक रोजगारीको खोजीमा तेस्रो देश जाने गरेका छन् । यसरी रोजगारीमा जाने श्रमिकको मानवअधिकारका संरक्षणमा जोड दिनुपर्ने आइएलओले औल्याएको छ ।

विश्वमा १ अर्ब ५ करोड २० लाख वालश्रम रहेको आइएलओ प्रतिवदेनले देखाएको छ । आज विश्व अन्तराष्ट्रिय वाल दिवस मनाइरहँदा बाल श्रम विश्वलाई चुनौती विषय बनीरहेको कार्यक्रमका वक्ताले बताएका छन् । एसिया क्षेत्रिय सम्मेलन शुक्रबार सम्म चल्ने छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : ०२ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित