मानिसमा विभिन्न कुराको प्रभाव पर्दा कहिले खुसी त कहिले दुखका साथै रिस उठ्ने हुन्छ । यी कुरा प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो ।
समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो ।
तर, रिसले सानो मात्र होइन ठूलो कामलाई पनि धक्का पुर्याउँछ। सानो कुरामा रिस नियन्त्रणका गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षति पुग्न समेत पुग्न सक्छ ।
जाँडरक्सीको कुलतमा परेकालाई अझ धेरै रिस उठ्छ। अपेक्षा गरे अनुसारको माया, प्रेम नपाएमा पनि रिस उठ्छ ।
रिसको कारण
व्यक्तिको आफ्नो (इगो) व्यक्तित्व, स्वभाव, विचार र कहीँकतैबाट आघात वा चुनौती आयो भने, काम अनुसारको अनुकूल अरूको व्यवहार भयो भने रिस उठ्छ ।
मनोवैज्ञानिक हिसाबले भन्दा चाहेको कुरा नपाउँदा, हानी नोक्सानी पुर्याउने खालको व्यवहार गर्दा, मनोवैज्ञानिक, शारीरिक, आर्थिक जुनसुकै पक्षमा उसलाई चित्त नबुझ्दो व्यवहार कसैले गर्यो भने भावनामा चोट पर्छ, चोट परेको जुन प्रतिक्रिया हो त्यो रिस हुन आउँछ । रिस उठ्यो भन्दैमा कसैले कसैलाई केही गर्न पाइन्छ भन्ने नै हुँदैन ।
के गर्न हुन्छ–हुँदैन भन्ने कुरा निर्धारित छ, रिस उठे पनि नउठे पनि नगर्ने कुरा गर्न हुँदैन । मानिसहरू सबैलाई आ–आफ्नो काम सही कि गलत भन्ने थाहा हुन्छ जे मन लाग्छ त्यही गर्न हुँदैन । मानिसले रिसको आवेगमा गरिएका कुरालाई रोक्न रिस रुपान्तरण गर्ने प्रयास गर्नुपर्छ ।
व्यक्तिमा परेको भावनात्मक प्रभाव, चोट, संवेग नियन्त्रण गर्ने एउटा ‘मेकानिक’ हुन्छ त्यो कमजोर भएका कारण हुने समस्या मानसिक तनाव हो । त्यो तनाव लामो समयसम्म भएपछि आउन सक्ने मानसिक अवस्था उदासिनता (डिप्रेशन) हो ।
रिस मत्थर पार्न वा रुपान्तरण गर्न गलत व्यवहार गर्न हुन्न । यस्तो अवस्थामा रिसाएको व्यक्तिले विभिन्न खालको लागु औषध प्रयोग गर्न सक्छ त्यसबाट हुने अरू विभिन्न समस्या उत्पन्न हुन सक्छ र व्यवहारमा फरक–फरक समस्या देखा पर्न सक्छ ।
रिसको आवेगमा आएर घटना दुर्घटना लगायत शारीरिक रुपमा मुटु र हर्मोनको कारण रोगको समस्या हुन्छ । जस्तै,थाइराइड, मधुमेह ।
निर्णय लिन नसक्दा व्यक्तिको स्वास्थ्यदेखि लिएर व्यवहारिक जिन्दगीमा धेरै कुरामा हानी नोक्सानी पुर्याउँछ । रिसले रोगसँग लड्ने क्षमता घट्छ र अरू रोगहरु पनि लाग्ने सम्भावना बढी हुन्छ । बढी रिस भएको मानिसले कसैको निर्णय लिन नसक्दा आउने व्यावहारिक, व्यक्तिगत क्षमता, स्वास्थ्य स्याहार, कार्यक्षेत्रमा अपनाउनु पर्ने कार्य यी सबै कुरामा असर पर्दछ ।
रिसका लक्षणहरु
त्यस्तै रिस उठेको बेलामा मनोवैज्ञानिक, शारीरिक लक्षण देखा पर्छ । मनोवैज्ञानिक कुरामा भन्दा व्यक्ति आफ्नो तनावमा हुन्छ र आफ्नो काममा ध्यान दिन सक्दैन ।
के गर्छु भन्ने कुराको नियन्त्रण गर्न नसक्ने र शारीरिक रुपमा उसको मुटुको धड्कन बढ्ने, चिरचिर पसिना आउने, अनुहार रातो भई तनाव बढ्दै जाने, दैनिक जीवनमा निद्रा नपर्ने, छटपटी हुने लक्षण देखा पर्दछन् ।
रिसलाई कसरी नियन्त्रण गर्ने ?
ध्यान
ध्यानले जीवनमा ठुलो परिवर्तन ल्याउने काम गरेको हुन्छ । तनावमुक्त जीवनका लागि ध्यानले शान्तीपूर्ण वातावारण सिर्जना गर्छ । त्यसैले दिनमा कम्तिमा एक पटक १५ देखि २० मिनेट सम्म भएपनि ध्यान गर्नुपर्छ। मिठो संगीत सँगै शान्त स्थानमा ध्यान गर्नाले मन पनि शान्त हुन्छ। ध्यानले क्षमता अभिवद्धि आत्माबिश्वास बढाउनुको साथै शरीरलाई स्फुर्ति राख्नुको लागी महत्वपूर्ण भूमिका खेल्छ।
विचार
कुनै छलफल होस् या साथीभाईसंग कुराकानी गर्दा होस् बोल्नुपुर्वक विचार पु¥याउन सकियो भने त्यहाँ कुनै किसिमको झगडा, कोलाहल हुदैन र एक अर्कामा खुलेर विचारह आदान प्रधान गर्न सकिन्छ । जसले गर्दा रिस हावी हुन पाउदैन ।
विकल्प
कुनै कुरामा चित्त बुझेको छैन या कुनै करामाथि रिस उठेको छ भने समाधानको विकल्प खोज्नु पर्छ । जसले जे गरेको हो त्यही किसिमको जवाफ वा प्रतिक्रिया दिँदा अपेक्षाकृत नतिजा नआउन सक्छ। त्यसैले झगडा हुन लागेका बेला आफुलाई नियन्त्रण गर्नु पर्छ । कसैले कुट्न थाल्यो भने या अपशव्द बोल्न थाल्यो भने आफुले पनि त्यही गर्नु हुँदैन । त्यो बेला त्यस्ता व्यक्तिबाट टाढा रहनुपर्छ।
तनाव
रिस उठेको बेलामा रिसलाई दवाउने होइन की आफुलाई रिसबाट मुक्त गराउने कलाको अभ्यास गर्नुपर्छ । र, आफुलाई तनाव मुक्त बनाएर मनलाई हलुका बनाउने प्रयास गर्ने गर्दा पनि रिसबाट तनावमुक्त बन्न सकिन्छ । संगीत सुन्ने, राम्रो राम्रो पुस्तक अध्ययन गर्ने, नृत्य गर्ने, घुम्ने गर्नु पर्छ । त्यसले मनलाई आनन्द प्रदान गर्छ।
हिडडुल
रिसलाई सामान्य अवस्थामा ल्याउनको लागी तनावपूर्णमुक्त वातावरणको सिर्जना गर्नु पर्छ । बाहिरी वातावरणमा समायोजन हुन सकियो भने पनि रिसलाई शान्त पार्न सकिन्छ जसका लागी कोलाहाल र अशाान्तबाट निस्किएर बाहिरीतिर हिडडुल गर्नु जरुरी देखिन्छ ।
प्रतिक्रिया