नियमित दाँत नमाझ्ने व्यक्ति सावधान – मधुमेहदेखि मुटुरोगसम्म हुनसक्छ « Khabarhub

नियमित दाँत नमाझ्ने व्यक्ति सावधान – मधुमेहदेखि मुटुरोगसम्म हुनसक्छ


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतको नियमित सफाइ गर्नाले हामीलाई स्वास्थ्यका धेरै जोखिमहरुबाट जोगाउने गर्दछ । धेरै मानिसमा खाना खाएपछि वा दैनिक दुईपटक दाँत माझ्ने बानी हुन्छ । तर केही मानिस भने दिनको दुईपटक त परको कुरा केही दिनसम्म पनि दाँत माझ्दैनन् ।

यसरी नियमित दाँँत नमाझ्दा यसले दाँतसहित समग्र शरीरको स्वास्थ्यमा असर पार्ने गर्दछ । तर्सथ दाँत, गिजा र मुखका टिस्युको स्याहार गर्नु हाम्रो समग्र स्वास्थ्य ठीक राख्नका लागि धेरै महत्वपूर्ण मानिन्छ । यदि नियमित दाँत सफा भएन भने यसले निम्न समस्याहरु देखापर्ने हुन्छ :

१. दाँत बिग्रने तथा किरा लाग्ने

नियमित दाँत सफा नगर्दा हाम्रो दाँतमा किरा लाग्ने र दाँत बिग्रने हुन्छ । दाँतमा ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउनुका साथै दाँतमा प्वाल पार्ने र जरासम्म जोड्ने हाड नष्टसमेत हुन्छ ।

२. गिजाको समस्या हुनसक्छ

दाँतको सफाइमा ध्यान नदिए यसले गिजामा इन्फेक्सन गर्ने र गम्भीर रोग पनि लाग्न सक्छ । गिजामा इन्फेक्सन भएमा शल्यक्रिया नै गर्नुपर्ने स्थितिसमेत हुन्छ ।

३. मधुमेहको खतरा

नियमित दाँत नमाझ्ने मानिसमा मधुमेहजस्तो गम्भीर र दीर्घकालीन रोगसमेत लाग्न सक्छ । गिजासम्बन्धी रोगबाट ग्रस्त व्यक्तिलाई मधुमेहको सम्भावना उच्च हुन्छ ।

४. मुटुसम्बन्धी रोग हुनसक्छ

मुख र दाँतको नियमित सफाइ नगर्ने मानिसमा मुटुसम्बन्धी रोगसमेत लाग्न सक्छ । दाँत सफा नगर्दा मुखमा उत्पन्न हुने ब्याक्टेरिया शरीरको रक्त प्रवाहमा मिसिन्छ र पाचन प्रणालीलगायत विभिन्न प्रणालीमा असर पार्न थाल्छ । परिणाम स्वरुप मुटुरोग, मस्तिष्क घात लगायतका रोगको खतरा हुन्छ ।

५. व्यक्तित्वमा हानी

दाँत सफा नगर्ने मानिसको दाँतमा अड्किएका खानेकुरा कुहिएपछि मुख गन्हाउने हुन्छ । मुखमा उत्पन्न हुने ब्याक्टेरिया र कुहिएका खानेकुराको कारण यो क्यालकुलससमेत बन्दछ । जसले मानिसको व्यक्तित्वमा समेत हानी पुर्याउने गर्दछ ।

६. गिजा सुन्निने र रगत आउने

दाँत सफा नगर्दा गिजा दुख्ने, सुन्निने र रगत आउनेजस्ता समस्याहरु हुने गर्दछन् । यदि गिजा सम्बन्धी समस्या जिन्जिभाइटिस सुरु भयो भने यसले निकै दुःख दिन्छ ।

७. इनामेल खिइने

हाम्रो दाँतको बाहिरीभागमा रहने इनामेलले दाँत जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ । दाँत सफा नगर्दा दाँतमा अड्किने खानाका टुक्रा कुहिएर फोहोर जम्मा हुन्छ र ब्याक्टेरिया उत्पन्न हुन्छ । जसले इनामेल खियाउने गर्दछ । इनामेल खिइएमा दाँत बिग्रदै जान्छ र उपचार गर्न कठिन हुन्छ ।

८. दाँत फोहोर हुने

नियमित दाँत सफा नगर्दा खाना तथा पेयका कणले सेता दाँत पहेलो बनाउने गर्दछ । साथै गुटखा खाने मानिसको दाँतको फेदमा कस जम्मा हुन गई यसले पूरै दाँत बिगार्ने गर्दछ । अझ खैनी, धुम्पान तथा सूर्तिमा हुने निकोटिनले दाँतको आयुसमेत घटाउँछ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : २० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्