१८ दिन हिँडेर ४८० किमि यात्रा गर्ने भक्तालु कुकुरको कथा (फोटो फिचर) « Khabarhub

१८ दिन हिँडेर ४८० किमि यात्रा गर्ने भक्तालु कुकुरको कथा (फोटो फिचर)


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आजकल मानिसहरुले धर्मकर्म बिर्सदै गएका छन् । पूराना रीतिथितीसमेत हराउँदै गएको छ । वैज्ञानिक युगभन्दै प्रविधिमा रमाउने नयाँ पुस्ताले भगवान्, मठमन्दिरप्रति अनास्था राख्दै आएका छन् । तर यस्तैमा एक कुकुर भने भगवान दर्शनका लागि निस्किएका भक्तालुसँग लगातार १८ दिनदेखि हिँडिरहेको छ । पत्यार नलाग्ने यो घटना भारतको हो ।

भारतको केरलामा रहेको चर्चित सबरीमाला मन्दिरमा भगवान अयप्पाको दर्शनका लागि हिँडेका १३ जना भक्तजनको समूहमा एउटा कुकुर पनि समावेश भएको छ ।

कुकुर घरपालुवा भएकाले मालिकको पछि लागेर बजार वा मन्दिरसम्म पुग्नु कुनै अनौठो कुरा होइन । तर कर्नाटकबाट केरलास्थित सबरीमाला मन्दिरको दर्शनका लागि पैदल यात्रामा निस्किएको टोलिसँग लगातार १८ दिन हिँडेर ४८० किलोमिटरको यात्रा गर्नु भने चानचुने कुरा होइन । हो, एउटा कुकुर मन्दिर दर्शनका लागि हिँडेका भक्तालुको अघिपछि गर्दै लगातार १८ दिनदेखि हिडिरहेको छ ।

३१ अक्टूबरबाट आन्ध्र प्रदेशको तिरुमालाबाट सबरीमालाको दर्शनका लागि १३ जना भक्तालु पदयात्रामा निस्किएका छन् । ती भक्तालुका अनुसार भगवान अयप्पाको दर्शनका लागि पदयात्रा शुरुवाततँगै उक्त कुकुर उनीहरुको साथमा हिँडेको थियो । शुरुवातमा ध्यान नदिएपनि लामो यात्रासम्म सँगै निस्किएको कुकुर अहिले उनीहरुको साथमा नै हिँडिरहेको छ ।

उक्त कुकुरलाई धेरैले भगवान अयप्पाको भक्त मानेका छन् । कार्तिक ३१ गते शनिबार साझँबाट सबरीमाला मन्दिर दर्शनका लागी खोलिएको छ । जहाँ महिलाले प्रवेश पाउने कि नपाउने भन्नेमा विवाद कायमै छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : ३३ बजे

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ