सडक बालबालिका मुक्त बनाइने मन्त्रालयलको दाबी « Khabarhub

सडक बालबालिका मुक्त बनाइने मन्त्रालयलको दाबी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालबालिका सम्बन्धित ऐन, २०७५ को दफा ७ को उपदफा ४ मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकालाई सुनिश्चित भविष्यको लागि राज्यबाट तोकिए बमोजिमको विषेश संरक्षण पाउने अधिकार हुनेछ भन्ने व्यवस्था गरेको छ ।

तर सरकारले बालबालिकाको हक अधिकार सुनिश्चितका लागि विभिन्न नियम तथा कानुन ल्याएपनि सडकमा बस्ने उनीहरुका लागि कुनै कानुनले छुन सकेको छैन ।

पछिल्ला समय उपत्यकाका विभिन्न स्थानमा पनि सडक बालबालिका देखिन थालेका छन् । गरिवी, पारिवारिक विचलन, देखासिकी, घरपरिवारको बेवास्तालगायत अन्य विभिन्न कारणले उनीहरु पूर्णरुपमा सडकमा आश्रित बनेर बसेका छन् ।

यसैबीच २०७३ साल वैशाखबाट काठमाडौं उपत्यकाका सडकहरुमा जीवनयापन गरिरहेका बालबालिकाको उद्धार गरिएको द्धाबी गरि रहेपनि सडकका पेटीमा बसि मागेर गुजारा चलाउने बालबालिका सहरका चोकचोकमा भेटिन्छन् ।

अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्ले ‘नेपालमा बालबालिकाको स्थिती’ नामक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार कार्यक्रम सुरुभएपश्चात २०७६ साल असार मसान्तसम्म विभिन्न जिल्लाका १ हजार ११ जना बालबालिकालाई सडकबाट उद्धार गरिएको छ ।

सबैभन्दा बढि काठमाडौंबाट बालबालिकाको उद्धार गरिएको राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।
जसमध्ये ५ सय ८२ जना बालबालिकालाई पारिवारिक पुनर्मिलन गराइसकेको र बाँकीलाई पुनः स्थापना केन्द्रमा राखिएको छ ।

काठमाडौं उपत्यकामा भइरहेको उद्धारको काम अब सम्पुर्ण प्रदेशमा पनि हुने परिषद्का प्रशासकीय प्रमुख कृष्ण प्रसाद भूषालले बताए ।

सडक बालबालिका व्यवस्थापन कार्य महिला, बालबालिकातथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद्को संयोजन, नेपाल प्रहरी तथा विभिन्न संघसस्थाको सहयोगमा भइरहेको छ ।

यद्यपी उद्धार गरिएका कतिपय बालबालिकाहरु भने भागेर पुनः सडकमै पुग्ने गरेका छन् ।

बालबालिका मुक्त सडक बनाउने

सरकारले यही आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त सहर घोषणा गर्ने भएको छ ।

अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा बुधवार राधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए ।

घिमिरेले बालबालिकाका सम्बन्धमा बनेका कानुनी नीति र याजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने समेत बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  २ : ३४ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा