प्रियंकाका हातमा छैनन् फिल्म, म्युजिक भिडियोमा रमाउँदै ! « Khabarhub

प्रियंकाका हातमा छैनन् फिल्म, म्युजिक भिडियोमा रमाउँदै !


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री प्रियंका कार्की केही वर्षअघिसम्म पनि फिल्ममा व्यस्त थिइन् । केही वर्षयता उनको करिअर ओरालो लागेको लाग्यै छ ।

महिनैपिच्छे फिल्म रिलिज हुने तर प्रियंकाको अभिनयमा खासै सुधार नहुने भएपछि दर्शकले पनि प्रियंकालाई मतलब गर्न छोडे । आखिर दर्शकको मन जित्नलाई कलाकारले राम्रो अभिनय गर्नैपर्ने हुन्छ ।

नयाँ आएका नायिकाहरु पनि प्रियंकाका लागि थ्रेट बन्न थाले । पछिल्लो छिमलका नायिकाहरु स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरी लगायतले फ्यानको मन जिते ।

प्रियंकाको आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट भएपछि पनि उनका फ्यान बिस्तारै घट्दै गए शायद ।

अब त प्रियंकाका फ्यान फिल्म हलमा होइन, युट्युबमा मात्र सीमित भएका छन् । बरु प्रियंका निर्देशनमा समेत हात हाल्न थालेकी छिन् । हालै उनले निर्देशन गरेको एक भिडियोमा आयुष्मान र प्रियंका नाच्दै गरेको देख्न सकिन्छ ।

‘कान्स’ हुँदै विश्व फिल्म जगतमा चर्चा कमाउने चाहेकी प्रियंकालाई आजभोलि भने दर्शकले सोध्न थालेका छन् – प्रियंका जी, फिल्मी करिअर सकिएको हो र?

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ३ : १४ बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी