प्रियंकाका हातमा छैनन् फिल्म, म्युजिक भिडियोमा रमाउँदै ! « Khabarhub

प्रियंकाका हातमा छैनन् फिल्म, म्युजिक भिडियोमा रमाउँदै !


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री प्रियंका कार्की केही वर्षअघिसम्म पनि फिल्ममा व्यस्त थिइन् । केही वर्षयता उनको करिअर ओरालो लागेको लाग्यै छ ।

महिनैपिच्छे फिल्म रिलिज हुने तर प्रियंकाको अभिनयमा खासै सुधार नहुने भएपछि दर्शकले पनि प्रियंकालाई मतलब गर्न छोडे । आखिर दर्शकको मन जित्नलाई कलाकारले राम्रो अभिनय गर्नैपर्ने हुन्छ ।

नयाँ आएका नायिकाहरु पनि प्रियंकाका लागि थ्रेट बन्न थाले । पछिल्लो छिमलका नायिकाहरु स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरी लगायतले फ्यानको मन जिते ।

प्रियंकाको आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट भएपछि पनि उनका फ्यान बिस्तारै घट्दै गए शायद ।

अब त प्रियंकाका फ्यान फिल्म हलमा होइन, युट्युबमा मात्र सीमित भएका छन् । बरु प्रियंका निर्देशनमा समेत हात हाल्न थालेकी छिन् । हालै उनले निर्देशन गरेको एक भिडियोमा आयुष्मान र प्रियंका नाच्दै गरेको देख्न सकिन्छ ।

‘कान्स’ हुँदै विश्व फिल्म जगतमा चर्चा कमाउने चाहेकी प्रियंकालाई आजभोलि भने दर्शकले सोध्न थालेका छन् – प्रियंका जी, फिल्मी करिअर सकिएको हो र?

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ३ : १४ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड