मन्त्री राख्ने र फाल्ने विषयमा ओली–प्रचण्ड विवाद ! | Khabarhub Khabarhub

मन्त्री राख्ने र फाल्ने विषयमा ओली–प्रचण्ड विवाद !


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिमण्डल हेरफेरको निर्णय गर्नका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवलाय बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले मन्त्रिमण्डल हेरफेर, नयाँ मन्त्रीहरुको चयन र केही मन्त्रीको विदाइ गर्ने तयारी भएपनि त्यसबारे कुनै छलफल नै नभए नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सचिवालय बैठकले नाम अनुमोदन गरेसँगै आजै नयाँ मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ गराउने तयारी रहेको र त्यसका लागि राष्ट्रपति कार्यालय पनि तयारी अवस्थामा रहेको जनाइए पनि नयाँ मन्त्रिहरुका बारेमा सचिवालय बैठकमा कुरा मिल्न नसकेको हो ।

८ जना नयाँ मन्त्री !

८ जना मन्त्रीहरुको हेरफेरको विषयमा सचिवालय बैठकमा छलफल भएको बालुवाटार निकटक श्रोतको दाबी छ ।

६ जना मन्त्री र दुई जना राज्य मन्त्री गरि ८ जना मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको थियो ।

घनश्याम भुसाल, सुरेन्द पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, प्रशु साह, शिवमाया तुम्बाहाम्फे सहित थप दुई राज्यमन्त्रीका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

त्यस्तै चक्रपाणी खनाल, मात्रिका यादव, थममाया थापा, लालबाबु पण्डित, जगतबहादु विश्वकर्मा, रघुवीर महासेठ र अरु दुई राज्यमन्त्रीलाई हटाएर नयाँलाई नियुक्त गर्ने विषयमा छलफल भएको थियो ।

तर लालबाबु पण्डितलाई नहटाउन माधव नेपालले दवाव दिएको र रघुवीर महासेठको पक्षमा प्रचण्ड रहेकाले केही समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।

खानेपानी मन्त्री विना मगरलाई पनि हटाउने प्रधानमन्त्रीको प्रस्तावमा भने प्रचण्डले असहमति जनाएका थिए । ‘विनालाई हटाउने भए गोकुल बाँस्कोटालाई पनि हटाउँ’ प्रचण्डको भनाइ उदृत गर्दै श्रोतले खबरहबसँग भन्यो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ३ : ३० बजे

आफूसँग प्रतिस्पर्धा गर्न तयार पूर्वराष्ट्रपतिलाई रोक्ने ओलीको प्रस्तावमा एमालेले लगायो ‘लालमोहोर’

काठमाडौं- नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

ओलीले विद्यालाई रोक्ने घोषणा गर्दा एमाले बैठकमा विरोध र हो-हल्ला, मध्यरातमा सकियो समापन भाषण

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

ओली र पोखरेलको चेतावनीबीच पनि विद्या भण्डारीको पक्षमा उभिए केन्द्रीय सदस्यहरू

काठमाडौं- नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या

राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको प्रयासलाई स्वीकारेनन् ओलीले, पार्टीले निर्णय नगरी सदस्यता नवीकरण नहुने घोषणा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको