सर्वोच्चले भन्यो– लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग « Khabarhub

सर्वोच्चले भन्यो– लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको उल्लेख गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिका पक्षबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई पछिको आदेशमा सर्वोच्च अदालतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई ‘नेपालको भूभाग’ उल्लेख गरेको हो ।

भारतविरुद्धको प्रदर्शनका क्रममा प्रहरीबाट पक्राउ गरिएको टिकाप्रसाद कडेल, बिर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङका पक्षबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलाशले पक्राउ परेकाहरुलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

‘नेपालको भूभाग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयलाइृ लिएर सचेत नागरिकका हैसियतले शान्तिपूर्ण रुपमा चासो, सरोकार र केही विषयको विरोध गर्न विद्यार्थीहरु सहित केही सर्वसाधारण मानिस समेत भेला भएको अवस्थामा निवेदकहरुलाई गिरफ्तार गरी बन्दी बनाएको र अनुसन्धानको प्रक्रियामा राखेको कुरा रिट निवेदन, लिखित जवाफ समेतका मिसिल कागजातबाट देखिन आयो,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘… निवेदकहरुलाई गैरकानूनी तवरबाट प्रवृत्त धारणा राखी बन्दी बनाएको देखिँदा निवेदकहरु टिकाप्रसाद कडेल, बिर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङलाई यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनामुक्त गर्नु…।’

यद्यपि, लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयसँग सम्बन्धित मुद्दा भने सर्वोच्चमा विचाराधीन छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ५९ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’