प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने यस्तो छ नेकपाको ४ बुँदे निर्णय « Khabarhub

प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने यस्तो छ नेकपाको ४ बुँदे निर्णय


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बुधवार(आज) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको नेतृत्वको जिम्मा दिने निर्णय गरेको छ ।

ओली प्रचण्डबारे सचिबालयको यस्तो निर्णय

– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहेन ।

– अध्यक्ष केपी ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रीत हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रीत हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने ।  आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने ।

– प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने ।
पार्टी र सरकार सञ्चालन अध्यषद्वय बीचको आपसी सल्लाहमा गर्ने ।

–पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : २५ बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ