प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने यस्तो छ नेकपाको ४ बुँदे निर्णय | Khabarhub Khabarhub

प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने यस्तो छ नेकपाको ४ बुँदे निर्णय


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बुधवार(आज) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको नेतृत्वको जिम्मा दिने निर्णय गरेको छ ।

ओली प्रचण्डबारे सचिबालयको यस्तो निर्णय

– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहेन ।

– अध्यक्ष केपी ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रीत हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रीत हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने ।  आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने ।

– प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने ।
पार्टी र सरकार सञ्चालन अध्यषद्वय बीचको आपसी सल्लाहमा गर्ने ।

–पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : २५ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा