साल्ट ट्रेडिङ कर्पोरेशनका विराटनगर प्रमुख झाविरुद्ध आरोपपत्र दायर « Khabarhub

साल्ट ट्रेडिङ कर्पोरेशनका विराटनगर प्रमुख झाविरुद्ध आरोपपत्र दायर


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदाममा रहेको रासायनिक मल हिनामिना गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्दू झासहित तीन जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले निज झासहित भण्डार प्रमुख दिलचन्द्र झा र जुनियर सहायक खगेन्द्र बस्नेतले कार्यालयको गोदाममा रहेको रु १९ लाख सात हजार ३५० बराबरको रासायनिक मल मिलेमतोमा अनियमित तरिकाले बिक्री वितरण गरेको अभियोग लगाएको छ ।

उनीहरुले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानी पु¥याउने बदनियत राखेको ठहर गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ६ : ०४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका