इन्धन चोरीबारे निगमले थाल्यो छानविन | Khabarhub Khabarhub

इन्धन चोरीबारे निगमले थाल्यो छानविन


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानविन शुरु गरिएको छ ।

नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतबार विराटनगर निगमका लागि ५१ वटा ट्याङ्करमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना.४ख ४१६३ नम्बरको ट्याङ्करबाट इन्धन चोरी भएको थाहा भएसँगै अनुसन्धान थालिएको निगमका प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले बताए ।

सो ट्याङ्करमा २० हजार लिटर डिजेल थियो । अमलेखगञ्जबाट आउने अन्य ट्याङ्कर विराटनगर निगममा आइसकेको छ । प्रादेशिक कार्यालय प्रमुख साहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिके सदस्यमा निगमका सहायक प्रबन्धक समन कार्की, इन्धन ढुवानी सङ्घका अध्यक्ष गुणराज निरौला र अमलेखगञ्ज डिपोका उपप्रबन्धक रामकृष्ण श्रेष्ठ छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : २० बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको