प्रधानमन्त्री निवास भत्काउन थालियो « Khabarhub

प्रधानमन्त्री निवास भत्काउन थालियो


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि आज साँझदेखि भत्काउन शुरु गरिएको छ ।

पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो । नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रमनिवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायीरुपमा बस्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ । गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ । आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ५६ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’