न्यायिक समितिमा जग्गा विवादका उजुरीको चाङ | Khabarhub Khabarhub

न्यायिक समितिमा जग्गा विवादका उजुरीको चाङ


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको न्यायिक समितिमा ८१ वटा उजुरी दर्ता भएकामा २८ उजुरी जग्गा विवादको रहेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख भवानी डोटेलले बताए ।

अधिकांश साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख डोटेलले जानकारी दिए । उनका अनुसार आव २०७५/७६ मा नगरपालिकाको न्यायिक समितिमा नौवटा सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, दुई सम्बन्धविच्छेदसम्बन्धी, एक महिला तथा बालबालिका हिंसासम्बन्धी, २८ जग्गा विवादसम्बन्धी, २२ विविध विषयसम्बन्धी र १९ सिमाना विवादको उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

यस अवधिमा ३१ वटा मुद्दा किनारा लगाइएको छ । सहमति भएका मुद्दाको सङ्ख्या २०, प्रक्रियामै रहेको ४९ र न्यायिक समितिबाट मुल्तबीमा राखिएको मुद्दाको सङ्ख्या एक रहेको छ ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि जग्गा विवाद, सम्बन्धविच्छेद, सार्वजनिक जग्गा विवाद, महिला बालबालका हिंसासम्बन्धी उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको बताइएको छ । नगरपालिकाका न्यायिक समितिमा आउने उजुरीहरु सबै लिखित रुपमै आउने गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : ४५ बजे

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र