न्यायिक समितिमा जग्गा विवादका उजुरीको चाङ « Khabarhub

न्यायिक समितिमा जग्गा विवादका उजुरीको चाङ


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको न्यायिक समितिमा ८१ वटा उजुरी दर्ता भएकामा २८ उजुरी जग्गा विवादको रहेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख भवानी डोटेलले बताए ।

अधिकांश साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख डोटेलले जानकारी दिए । उनका अनुसार आव २०७५/७६ मा नगरपालिकाको न्यायिक समितिमा नौवटा सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, दुई सम्बन्धविच्छेदसम्बन्धी, एक महिला तथा बालबालिका हिंसासम्बन्धी, २८ जग्गा विवादसम्बन्धी, २२ विविध विषयसम्बन्धी र १९ सिमाना विवादको उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

यस अवधिमा ३१ वटा मुद्दा किनारा लगाइएको छ । सहमति भएका मुद्दाको सङ्ख्या २०, प्रक्रियामै रहेको ४९ र न्यायिक समितिबाट मुल्तबीमा राखिएको मुद्दाको सङ्ख्या एक रहेको छ ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि जग्गा विवाद, सम्बन्धविच्छेद, सार्वजनिक जग्गा विवाद, महिला बालबालका हिंसासम्बन्धी उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको बताइएको छ । नगरपालिकाका न्यायिक समितिमा आउने उजुरीहरु सबै लिखित रुपमै आउने गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : ४५ बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका