अब कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल « Khabarhub

अब कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अब कोही पनि भूमिहीन बन्नु नपर्ने बताएकी छन् ।

कास्कीको प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुकुम्बासी निर्वाचन परिचालन उपसमितिले आयोजना गरेको छलफल कार्यक्रममा उनले भूमि विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट सर्वसम्मत पारित भएकाले त्यसकै आधारमा सरकारले भूमिहीन र सुकुम्बासीलाई जमीन उपलब्ध गराउने बताइन ।

संविधानले नै सबै नागरिकलाई आवासको हकको व्यवस्था गरेकाले वर्तमान सरकारको पाँचवर्षे कार्यकालभित्रमा नै सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन समाधान गरेर उनीहरुलाई जमीनको मालिक बनाउने मन्त्री अर्यालले उल्लेख गरिन ।

उनले भनिन्, ‘सुकुम्बासी व्यवस्थापन देशको वर्षौंदेखिको समस्या हो, यसको समाधानबिना समृद्ध नेपालको सपना पूरा हुन सक्दैन । त्यसका लागि सरकारले कानून निर्माण गरी प्राथमिकतामा राखेको छ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले कम्युनिष्ट सरकारले मात्र आम जनताका चाहना पूरा गर्ने भएकाले सबै समस्याको समाधान गर्ने बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : २० बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका