नेकपासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली « Khabarhub

नेकपासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- नेपाल कम्युनिष्ट पार्टी(माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग एकता गर्न आफू तयार रहेको बताएका छन् ।

दाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताए । ‘सबै कम्युनिष्ट पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला गर्ने तर आफूसँग अहिलेसम्म छलफलमा आएका छैनन्’, उनले भने, ‘प्रस्ताव लिएर आएमा हामी कुरा गर्न तयार छौँ ।’

भारतले सीमा मिचेको विषयमा सरकारले ठोस पहल नथालेको भन्दै उनले आपत्तिसमेत जनाए । लामो समयदेखि भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा आफ्ना सेना बसाएको भन्दै विगतका सरकार पनि यसमा गम्भीर नभएको बताए ।

अहिलेको सरकारले विगतका सरकारजस्तै कूटनीतिक पहल लिन नसकेमा मुलुकले ठूलो क्षति ब्यहोर्नेसमेत उनको भनाइ छ ।

गैरनेपालीको हातमा नेपाली नागरिकता पर्न नहुने बताउँदै उनले विदेशी ज्वाइँलाई नागरिकता दिन नहुने तर नेपाली बुबाको सन्तानलाई अङ्गीकृत नागरिकताको व्यवस्था गर्नुपर्ने बताए ।

मुलुकबाट राजतन्त्र गएपछि सामान्तवाद शून्य भएको भन्ने कुरा गलत रहेको भन्दै महासचिव मैनालीले अहिले सामान्तवाद केही कमजोर भएको भए पनि निर्मूल भने भई नसकेकोसमेत बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ३७ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन