मन्त्रिपरिषद् पुनर्गठन: को हटे, को बने ? (सूचीसहित) « Khabarhub

मन्त्रिपरिषद् पुनर्गठन: को हटे, को बने ? (सूचीसहित)


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।

केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।  पुनर्गठन गरिएको मन्त्रिपरिषद्का सदस्यहरुको सूची राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

को-को बने नयाँ मन्त्री ?

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् । भट्टले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राय यादव श्रम मन्त्री बनेका छन् ।

नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री भएका छन भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई बनाइएको छ ।

यथावत रहेका मन्त्री

राष्ट्रपति कार्यालयका अनुसार उपप्रधान तथा रक्षामा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

नयाँ मन्त्रिमण्डलको सूची हेर्नुहोस्

को-को हटे ?

राष्ट्रपति कार्यालयकाअनुसार भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिला मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाइएको छ । यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्य मन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

कस्को मन्त्रालय फेरबदल ?

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुनेछन् ।

नयाँ मन्त्रीहरुका लागि बिहीबार विहान सपथ ग्रहणको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले बताएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ९ : ४८ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा