ट्रम्प महाभियोगबारे रिपब्लिकन नेताले भने ‘पक्षपातपूर्ण आक्रोश’ « Khabarhub

ट्रम्प महाभियोगबारे रिपब्लिकन नेताले भने ‘पक्षपातपूर्ण आक्रोश’


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोग पक्षपातपूर्ण आक्रोश भएको उनकै दल रिपब्लिकन पार्टीका नेताहरुले बताएका छन् ।

सिनेटको रिपब्लिकन तर्फका नेता मिच मक्कनेलले यो इतिहासकै सबैभन्दा हतारमा गरिएको अनुचित कदम भएको टिप्पणी गरेका छन् ।

डेमोक्र्याटले नेतृत्व गरेको तल्लो सदन प्रतिनिधि सभाले पक्षपातपूर्ण आक्रोश पोख्दा त्यसले भविष्यका लागि एउटा विषाक्त नजिर बसाउने उनले बताए।

तर डेमोक्र्याटस्‌का नेता चक शुमरले भने मक्कनेलले राष्ट्रपतिका कदमको बचाउमा केही नबोलेको बताएको बीबीसीले उल्लेख गरेको छ।

आफ्नो भाषणमा मिच मक्कनेलले १२ साता लामो अनुसन्धानले अमेरिकी प्रजातन्त्रका संस्थाहरूमाथि क्षति पुर्‍याउनसक्ने चेतावनी दिए।

उनले ट्रम्पले कुनै कानून तोडेका छन् भन्ने पुष्टि गर्न पनि सदन विफल भएको बताए। बुधवार अमेरिकी संसद्‌को तल्लो सदनले ट्रम्पमाथि लागेका दुवैवटा आरोपमा उनलाई महाभियोग लगाउने पक्षमा बहुमत दिएको थियो।

राष्ट्रपतिले आफ्नो शक्तिको दुरुपयोग गरेको र सन् २०२० मा हुने मतदानमा पुन: निर्वाचित हुने सम्भावना बलियो बनाउनका लागि युक्रेनसँग अनुचित तरिकाले सहायता मागेको आरोप उनीमाथि लागेको थियो।

ट्रम्पले अब त्यसबारेको सुनुवाइको सामना माथिल्लो सदनमा गर्नुपर्नेछ। सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेकाले उनलाई शक्तिबाट हटाइने सम्भावना भने छैन।

तल्लो सदनका करिब सबै डेमोक्र्याटले अभियोगको पक्षमा मतदान गरेका थिए भने रिपब्लिकनले त्यसको विपक्षमा मत दिएका थिए। अमेरिकी इतिहासमा सिनेटमा सुनुवाइको सामना गर्नुपर्ने ट्रम्प तेस्रो राष्ट्रपति भएका छन्।

उनले महाभियोग प्रक्रियालाई “छल” भनेका छन्। सिनेटमा हुने सुनुवाइमा ह्वाइट हाउसका ५३ वर्षीय रिपब्लिकन वकिल प्याट सिपोलोनीले आफ्नो प्रतिनिधित्व गर्ने सम्भावना रहेको ट्रम्पले बताए।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ४१ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम