प्रवासी नेपालीद्वारा पाँच लाखभन्दा बढी सहयोग « Khabarhub

प्रवासी नेपालीद्वारा पाँच लाखभन्दा बढी सहयोग


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- करेन्ट लागेर घाइते भएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

कष्टकरपूर्ण जीवन बिताइरहेका थापालाई समाजले पाँच लाख ४५ हजार ३ सय आर्थिक सहयोग गरेको हो । युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उनका श्रीमती सङ्गीता थापालाई हस्तान्तरण गरे ।

विसं २०७० मा घर नजिकै बाँसपानीमा बिजुलीको लाइन मर्मतको क्रममा करेन्ट लागेर थापा घाइते भएका छन् । घाइते थापाको कष्टकरपूर्ण जीवनको बारेमा जानकारी पाएपछि युकेमा आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरिएको समाजका उपाध्यक्ष रानाले जानकारी दिए ।

भिमाद नगरपालिकाका उपप्रमुख खनालले थापाको लागि नगरपालिकाको तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता जनाए । करेन्ट लागेर थापाको अनुहार डढेको छ । शरीरको विभिन्न भागको मासु निकालेर उनको डढेको अनुहारमा मासु राखिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ८ : २८ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित