जब पाँडेले भने – यो त नेपाली अवार्डको कार्यक्रम जस्तो भयो… « Khabarhub

जब पाँडेले भने – यो त नेपाली अवार्डको कार्यक्रम जस्तो भयो…


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीवार राजधानीमा फिल्म ‘सेन्टीभाइरस’ को गीत सार्वजनिका कार्यक्रम थियो । कार्यक्रममा निर्देशक रामबाबु गुरुङसहित  क्रु मेम्बर उपस्थित थियो ।

कार्यक्रममा हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ का कलाकारको पनि उपस्थिति थियो । ‘सक्किगोनि’ कुमार कट्टेल, दीपक आचार्य, अर्जुन घिमिरे (पाडे) लगायत कार्यक्रममा मुख्य आकर्षण बनेका थिए ।

कार्यक्रमको उद्घोषण गरिरहेका राजा राजेन्द्रले प्रायः कलाकारलाई स्टेजमा बोलाइरहेका थिए । निर्माण टिमका तर्फबाट निर्देशक रामबाबु गुरुङ, नृत्य निर्देशक शंकर बिसी, अभिनेता दयाहाङ राई, निर्मात्री कुञ्जना घिमिरे, निर्माताद्वय डिन्डु लामा ह्योल्मो र फुर्पा ह्योल्मो लगायत उपस्थित थिए ।

कार्यक्रममा दीपाश्री निरौला, सुरवीर पण्डित, केदार घिमिरे, जितु नेपाल, अशोक शर्मा, रमेश उप्रेती लगायत समेत उपस्थित थिए ।

प्रस्तोताले केही कलाकारलाई अगाडि बोलाइरहेका थिए । दीपाश्री निरौला पनि अगाडि पुगिन् ।

‘सेन्टीभाइरस’ का लेखक कुमार कट्टेलले कार्यक्रममा आएका अर्जुन घिमिरे (पाँडे) लाई पनि अगाडि बोलाउन प्रस्तोतासँग खासखुस गरे ।

तर, जिस्किएर प्रस्तोता राजा राजेन्द्रले भने – उहाँहरुले त अघिदेखि मलाई पाँडेलाई पनि अगाडि बोलाउन भन्नुभएको छ तर म बोलाउँदिन । मन लागे आफै आए हुन्छ ।

प्रस्तोताले पाँडेकै आवाज निकालेर अगाडि बोलाउन आग्रह गर्दा अर्जुन घिमिरेले पनि जवाफ फर्काए ।

उनले भने, ‘यता सुन्, यो त नेपालको अवार्ड कार्यक्रमजस्तो भयो, यता थोरै उता धेरै म आउँदिन ।’

उनले यसो भनेपछि हलभरि हाँसो फैलिएको थियो । हलको सिटमा बसेका उनी अगाडि गएनन् । तर हलमा सबैलाई हँसाए ।

हुन पनि नेपालमा पछिल्लो समय अवार्ड समारोहमा दर्शक नै नहुने समस्या छ । हालै जापानमा सम्पन्न भएको सूर्य इन्टरनेशनल अवार्डमा दर्शक नहुँदा कार्यक्रमकै बेइज्जत भएको थियो ।

यो मात्र होइन, नेपालमै हुने अवार्ड कार्यक्रममा पनि दर्शकको उपस्थिति न्यून देखिन्छ । किनकि, यहाँ अवार्ड ‘सेटिङ’ मा दिने गरिन्छ भन्ने आरोप आयोजकलाई लाग्ने गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ५९ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई