जब पाँडेले भने – यो त नेपाली अवार्डको कार्यक्रम जस्तो भयो... | Khabarhub Khabarhub

जब पाँडेले भने – यो त नेपाली अवार्डको कार्यक्रम जस्तो भयो…


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीवार राजधानीमा फिल्म ‘सेन्टीभाइरस’ को गीत सार्वजनिका कार्यक्रम थियो । कार्यक्रममा निर्देशक रामबाबु गुरुङसहित  क्रु मेम्बर उपस्थित थियो ।

कार्यक्रममा हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ का कलाकारको पनि उपस्थिति थियो । ‘सक्किगोनि’ कुमार कट्टेल, दीपक आचार्य, अर्जुन घिमिरे (पाडे) लगायत कार्यक्रममा मुख्य आकर्षण बनेका थिए ।

कार्यक्रमको उद्घोषण गरिरहेका राजा राजेन्द्रले प्रायः कलाकारलाई स्टेजमा बोलाइरहेका थिए । निर्माण टिमका तर्फबाट निर्देशक रामबाबु गुरुङ, नृत्य निर्देशक शंकर बिसी, अभिनेता दयाहाङ राई, निर्मात्री कुञ्जना घिमिरे, निर्माताद्वय डिन्डु लामा ह्योल्मो र फुर्पा ह्योल्मो लगायत उपस्थित थिए ।

कार्यक्रममा दीपाश्री निरौला, सुरवीर पण्डित, केदार घिमिरे, जितु नेपाल, अशोक शर्मा, रमेश उप्रेती लगायत समेत उपस्थित थिए ।

प्रस्तोताले केही कलाकारलाई अगाडि बोलाइरहेका थिए । दीपाश्री निरौला पनि अगाडि पुगिन् ।

‘सेन्टीभाइरस’ का लेखक कुमार कट्टेलले कार्यक्रममा आएका अर्जुन घिमिरे (पाँडे) लाई पनि अगाडि बोलाउन प्रस्तोतासँग खासखुस गरे ।

तर, जिस्किएर प्रस्तोता राजा राजेन्द्रले भने – उहाँहरुले त अघिदेखि मलाई पाँडेलाई पनि अगाडि बोलाउन भन्नुभएको छ तर म बोलाउँदिन । मन लागे आफै आए हुन्छ ।

प्रस्तोताले पाँडेकै आवाज निकालेर अगाडि बोलाउन आग्रह गर्दा अर्जुन घिमिरेले पनि जवाफ फर्काए ।

उनले भने, ‘यता सुन्, यो त नेपालको अवार्ड कार्यक्रमजस्तो भयो, यता थोरै उता धेरै म आउँदिन ।’

उनले यसो भनेपछि हलभरि हाँसो फैलिएको थियो । हलको सिटमा बसेका उनी अगाडि गएनन् । तर हलमा सबैलाई हँसाए ।

हुन पनि नेपालमा पछिल्लो समय अवार्ड समारोहमा दर्शक नै नहुने समस्या छ । हालै जापानमा सम्पन्न भएको सूर्य इन्टरनेशनल अवार्डमा दर्शक नहुँदा कार्यक्रमकै बेइज्जत भएको थियो ।

यो मात्र होइन, नेपालमै हुने अवार्ड कार्यक्रममा पनि दर्शकको उपस्थिति न्यून देखिन्छ । किनकि, यहाँ अवार्ड ‘सेटिङ’ मा दिने गरिन्छ भन्ने आरोप आयोजकलाई लाग्ने गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ५९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं- नेपाली बजारमा  सोमबार सुनकाे मूल्य बढेकाे छ ।  नेपाल

कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु

प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध नहोस् : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले संसद अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध