मलेसियाले श्रमिकको न्युनतम पारिश्रमिक बढाउन, नेपाली कामदारलाई फाइदा « Khabarhub

मलेसियाले श्रमिकको न्युनतम पारिश्रमिक बढाउन, नेपाली कामदारलाई फाइदा


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको पारिश्रमिक बृद्धि गर्ने भएको हो ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुनेछ । तलव बढेपछि प्रत्येक कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार रुपैयाँ हुनेछ ।

अहिले मलेसियामा काम गर्ने कामदारको न्यूनतम तलब ११ सय रिंगेट छ । मलेसियाको वर्तमान गठबन्धन सरकार आउनु अघिको निर्वाचनका क्रममा हालको सत्तारुढ गठबन्धनले मजदुरहरुको न्यूनतम तलब १५ सय रिंगिट बनाउने प्रतिबद्धता जनाएको थियो ।

मलेसियाली सञ्चार माध्यम द सन दैनिकमा न्यूनतम तलब लागू हुने ५७ वटा शहरमा कार्यरत श्रमिकलाई एकै पटक न्यूनतम पारिश्रमिक लागू गर्ने जनाइएको छ ।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइला पुग्ने छ । अब जनवरीदेखि मलेसियामा काम गर्ने सबैको तलब वृद्धि हुनेछ । मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुक हो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ५७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब