नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ बाट शुरु हुने « Khabarhub

नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ बाट शुरु हुने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनको प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

यद्यपि, संघीय संसदको हिउँदे अधिवेशन भने आज (शुक्रबार) बाटै प्रारम्भ हुँदै छ । हिउँदो अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

शुक्रबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : ३१ बजे

गोरखा-१ मा मतगणना सुरु

गोरखा– प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना

एसियन हाइवे निर्माणले गति लिँदै (तस्बिरहरू)

काठमाडौं– एसियाली राष्ट्रहरूलाई सडक सञ्जालबाट जोड्ने उद्देश्यले अगाडि बढाइएको ‘एसियन

बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारुको अग्रता

काठमाडौं– बर्दिया क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

उदयपुर–१ मा रास्वपाका पारसमणि गेलाल अगाडि

उदयपुर– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २६ हजार ८९७

रोल्पा मतगणना अपडेट : वर्षमान पुन अग्रस्थानमा

रोल्पा -रोल्पा जिल्लामा ४३ हजार ४२७ मत गणना गर्दा प्रतिनिधि