रोजगारीका लागि विदेशिएका ५ सय ४५ नेपाली विदेशी जेलमा, १९ जनालाई मुत्युदण्ड « Khabarhub

रोजगारीका लागि विदेशिएका ५ सय ४५ नेपाली विदेशी जेलमा, १९ जनालाई मुत्युदण्ड


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली श्रमिक विभिन्न देशका जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जसमा सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना, कतारमा ३५, साउदी अरबको जेद्दामा ३१, साउदी अरबको रियादमा २३, बहराइनमा ५ जना र ओमानक जेलमा ३ जना रहेका छन् ।

विदेशी जलेमा रहेका नेपाली श्रमिकलाई उद्धारका लागि पहल गरिरहेको बोर्डले जानकारी दिएको छ । विदेशी जेलमा रहेका श्रमिक के कस्ता कारणले जेल परेका हुन भने विषयमा सम्बन्धीत देशसँग छलफल र परामर्श गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

जेमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृत्युदण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ ।

विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय गरिएको छ । २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजाय सुनाइ गरिएको बोर्डले जानकारी दिएको छ ।

यसैगरी, ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजाय, १९ जनालाई १० वर्षसम्मको, १ जनालाई ५ वर्षसम्मको सजाय दिइएको छ । २ सय ९३ जना कामदारको सजायको फैसला नभएको बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २१ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले