रोजगारीका लागि विदेशिएका ५ सय ४५ नेपाली विदेशी जेलमा, १९ जनालाई मुत्युदण्ड | Khabarhub Khabarhub

रोजगारीका लागि विदेशिएका ५ सय ४५ नेपाली विदेशी जेलमा, १९ जनालाई मुत्युदण्ड


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली श्रमिक विभिन्न देशका जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जसमा सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना, कतारमा ३५, साउदी अरबको जेद्दामा ३१, साउदी अरबको रियादमा २३, बहराइनमा ५ जना र ओमानक जेलमा ३ जना रहेका छन् ।

विदेशी जलेमा रहेका नेपाली श्रमिकलाई उद्धारका लागि पहल गरिरहेको बोर्डले जानकारी दिएको छ । विदेशी जेलमा रहेका श्रमिक के कस्ता कारणले जेल परेका हुन भने विषयमा सम्बन्धीत देशसँग छलफल र परामर्श गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

जेमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृत्युदण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ ।

विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय गरिएको छ । २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजाय सुनाइ गरिएको बोर्डले जानकारी दिएको छ ।

यसैगरी, ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजाय, १९ जनालाई १० वर्षसम्मको, १ जनालाई ५ वर्षसम्मको सजाय दिइएको छ । २ सय ९३ जना कामदारको सजायको फैसला नभएको बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २१ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा