तराईमा शीतलहरः मोरङका १ सय ८२ स्थानमा प्रहरीले बाल्यो आगो  | Khabarhub Khabarhub

तराईमा शीतलहरः मोरङका १ सय ८२ स्थानमा प्रहरीले बाल्यो आगो 


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- तीन दिनदेखि बढ्दै गएको चिसोले तराइका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

चिसो बढेपछि मोरङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट आम नागरिकलाई जोगाउन सबैले सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा प्रजिअ भुजेलले शीतलहरले विशेषगरी तराईका जिल्लाहरुमा बढी असर गर्ने भएकाले प्रभावित क्षेत्रमा आवश्यक पर्ने कम्बल, दाउरा र चिकित्सक उपलब्ध गराउने जानकारी दिए ।

मोरङका सबै स्थानीय तहका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घ, विराट व्यापार सङ्घ, कोशी अस्पतालका चिकित्सक, जिल्ला वन कार्यालयका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र विपद्मा राहतका काम गर्ने सबै निकायको सहयोग लिएर शीतलहर प्रभावित क्षेत्रमा जनसेवाको काम गर्ने बैठकमा निर्णय भएको छ ।

खासगरी शीतलहरबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि आकस्मिक बैठक बसेको हो ।

बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले आजदेखि प्रहरीको सक्रियतामा जिल्ला भरीमा १८२ स्थानमा आगो बाल्ने काम भएको भन्दै यो कार्य शीतलहर हुन्जेलसम्म निरन्तरता दिने जानकारी दिए ।

कोशी अस्पतालका डा सन्ध्या ज्ञवालीले यो मौसममा अस्पतालमा दमको रोगीको चापसँगै बालबालिकाहरुलाई पनि चिसोले दुःख दिएर उपचार गराउन आउनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्याललयका प्रतिनिधि रामनन्द यादवले शीतलहरबाट बच्न मानिसले तातो हुने खानेकुरा खानुपर्ने, घर बाहिर कम निस्कने, आगो ताप्ने, न्यानो हुने लुगा लगाउनुपर्ने सुझाव दिए ।

लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले शीतलहरबाट प्रभावित हुने परिवारलाई राहत वितरण गर्न कोष स्थापना गरेको जानकारी दिइन् ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले यस क्षेत्रमा शीतलहरले खासै असर नगरे पनि गाउँपालिका तयारी अवस्थामा रहेको जानकारी दिए।

मोरङका धेरै स्थानीय तहले शीतलहरबाट बचाउन कम्बलको व्यवस्था गरेका छन् । विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाले यस्तो परिस्थितिमा सबै व्यापारिक सङ्गठनलाई क्रियाशील बनाएर राहतमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ६ : ५६ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बैठकअघि प्रधानमन्त्री

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा – कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु

अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित