इण्डो प्यासिफिक अन्तर्गत भए एमसीसी स्वीकार्दैनौंः अध्यक्ष प्रचण्ड « Khabarhub

इण्डो प्यासिफिक अन्तर्गत भए एमसीसी स्वीकार्दैनौंः अध्यक्ष प्रचण्ड


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक रणनीति अन्तर्गत भए अस्वीकार्य हुने बताएका छन् ।

एमसीसीका विषयमा स्थायी कमिटीमा समेत छलफल भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत भए अस्वीकार्य हुने बताएका हुन् ।

उनले नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै बाहिर हल्ला गरे जस्तो भएपनि इण्डो प्यासिफिक ओरियन्टेड हो भन्ने भयो भने स्वीकार नहुने बताएका हुन् । उनले भने, ‘शान्ति र विकासका लागि हो भने अगाडि बढाउन सकिन्छ ।’

यसबारे पार्टीले निर्णय गरेपछि संसदीय दलमार्फत जानकारी गराइने जानकारी दिए । बिहीबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले एमसीसीबारे प्रश्न उठाएका थिए ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एमसीसी, इण्डो प्यासिफिकको अंग नभएको बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ४४ बजे

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा