नेकपा वरिष्ठ नेता नेपाल र बेलायती राजदूतबीच भेटवार्ता « Khabarhub

नेकपा वरिष्ठ नेता नेपाल र बेलायती राजदूतबीच भेटवार्ता


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सहयोगका विषयमा छलफल भएको हो ।

भेटमा नेता नेपालले राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतबीचको लामो एवं सुमधुर कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

बेलायती राजदूत पोलिटले नेता नेपालसँग करीब २० वर्ष पहिले आफू शोधकर्ताको रूपमा नेपाल आएको र सुन्दर अन्नपूर्ण पदयात्रा गरेको स्मरण गरेकी थिइन् ।

उनले नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा पूर्वप्रधानमन्त्री नेपालको भूमिकाबारे आफूले जानकारी पाएको उल्लेख गर्दै सबैको सहयोगमा नेपाल–बेलायत सम्बन्धमा सक्दो सकारात्मक योगदान दिने बताइन् ।

 

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ८ : ४४ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले