नारायणगोपाल युवा संगीत पुरस्कार अविरल र मीनालाई « Khabarhub

नारायणगोपाल युवा संगीत पुरस्कार अविरल र मीनालाई


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ ।

राष्ट्रिय युवा परिषद्ले उनीहरुले नेपाली संगीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही रु २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरेको हो ।

विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा गायक तथा संगीतकार अविरलले ‘सालको पात…’, ‘लालुमाई…’ तथा निरौलाले ‘काले दाइ काले दाइ…’, ‘ठमेल बजार…’ जस्ता गीत गाएकी छन् । यो पुरस्कार हालसम्मा ४६ जनालाई प्रदान गरिसकिएको छ ।

यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिएको छ । चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रुपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही रु २५ हजार र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो ।

कोषले सो पुरस्कारको स्थापना विसं २०५७ मा स्थापना गरेको हो । स्थापनाकाललेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको छ ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाको सम्मानका लागि समग्र देश नै अग्रसर हुनुपर्ने बताए ।

युवाको परिचालन र सम्मान नभएसम्म देश विकास हुन नसक्ने भन्दै उनीहरुको प्रतिभाको कदर गर्नुपर्नेमा उनले जोड दिएका थिए । संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले संस्था स्थापनाकालदेखि नै युवाको हितमा लागिपरेको भन्दै आउने दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : १५ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन